PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

तौलिहवामा चल्यो गोली, समाजवादी पार्टीका नेतामाथि भयो प्रहार



पहिलोपोस्ट

तौलिहवामा चल्यो गोली, समाजवादी पार्टीका नेतामाथि भयो प्रहार

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका कपिलवस्तु जिल्लाका एक नेतामाथि गोली प्रहार भएको छ।

शुद्धोदन गाउँपालिकाका समाजवादी पार्टीका नेता रामनयन यादवमाथि आज दिउँसो गोली प्रहार भएको हो। तौलिहवातिर गइरहेका उनीमाथि गोली प्रहार भएको थियो।

'गोली प्रहार भएको जानकारी आएको छ,' नेपाल प्रहरीका प्रवक्‍ता डिआइजी विश्वराज पोखरेलले भने, 'गोली प्रहार गरेर फरार रहेकाको खोजी भइरहेको छ।'

यादवको बायाँ पाखुरामा गोली लागेको छ। मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो। स्थानीय अस्पतालमा उनको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell