PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

मध्यरातमा आएको पहिरोले बाजुरामा दुईको मृत्यु, पाँच जना घाइते



पहिलोपोस्ट

मध्यरातमा आएको पहिरोले बाजुरामा दुईको मृत्यु, पाँच जना घाइते

बाजुराः लगातारको मुसलधारे वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका -६ बसालाको शान्तिटोलमा खसेको पहिरोबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन्। पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले जानकारी दिए।  

राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ। पहिरोमाबाट पाँच जना घाइते भएका छन्। घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन्। जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डिएसपी भाटको भनाइ छ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकारी दिए। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ। जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell