PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नाबालिका बलात्कारमा दोषी ठहर व्यक्ति ६ वर्षपछि पक्राउ



पहिलोपोस्ट

नाबालिका बलात्कारमा दोषी ठहर व्यक्ति ६ वर्षपछि पक्राउ

इलामः ६ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन्। रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै ९ वर्ष कारावासको फैसला सुनाएको थियो। अदालतले कारावास सुनाए पनि रसाइली फरार रहेपछि प्रहरीले खोजी गरिरहेकाे थियो। रसाइली पक्राउ परेसँगै बिहीवारै कारागार चलान गरिसकिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell