PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

बालाजुमा खानेपानी पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु



पहिलोपोस्ट

बालाजुमा खानेपानी पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

काठमाडौं: काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुमा दुई जनाको पाइपभित्र निसास्सिएर मृत्यु भएको छ।

'आज बिहान करिब १० बजेतिर मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र गएर सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ', महानगरीय प्रहरी वृत्त बालाजु डिएसपी बालनरसिंह राणाले बताए।

मृत्यु हुनेहरुमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साह रहेका छन्। उनीहरू दाजुभाइ भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell