PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

गुँला पर्व आजदेखि शुरु

गुँला पर्व आजदेखि शुरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: आजदेखि गुँला पर्व शुरु भएको छ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो।

यसरी गुँलाको अर्थ नवौं महिना हो। नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँला पर्व भन्ने गरिएको हो।हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ। गुँलाका अवसरमा काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहा:बही मन्दिरहरु परिक्रमा गर्ने गरिन्छ। बौद्ध नेवारहरु यस पर्वमा धा: बाजा (गुँला बाजा) बजाउँदै चैत्य परिक्रमा गर्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell