बल टेम्परिङमा परेर १२ महिना प्रतिबन्ध भोगेका अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथले शतक सहितको 'कम ब्याक' गर्दा विराट कोहली र सचिन तेन्दुलकरले टेस्टमा सबैभन्दा थोरै इनिङमा बनाएको शतक संख्यालाई पछि पारेका छन्।
इङ्ल्यान्डसँग जारी टेस्ट म्याचबाट पुन: खेलमा फर्किएका उनले १ सय २२ रन बनाउँदा ८ विकेट गुमाइसकेको अस्ट्रेलियाको पारी २ सय ८४ पुग्न सक्यो। स्मिथले १ सय ४४ रन जोडेको यो खेलसँगै उनको २४ औं टेस्ट शतक पूरा भएको छ। उनले १ सय १८ इनिङ्समा २४ शतक पूरा गर्दा तीव्र गतिमा टेस्टमा शतक बनाउने खेलाडीको दोस्रो सूचीमा चढ्न सफल भएका छन्।
टेस्टमा डन ब्राडम्यानले ६६ इनिङ्समै शतक जोडेका छन्। दोस्रो सूचीमा स्मिथ उक्लिएका हुन्। विराट कोहलीले १ सय २३ र सचिन तेन्दुलकरले १ सय २५ इनिङ्समा टेस्ट म्याचमा २४ शतक पूरा गरेका छन्। यो सूचीको पाँचौ नम्बरमा भने भारतका सुनिल गाभस्कर रहेका छन्। उनले १ सय २८ इनिङ्समा २४ शतक पूरा गरेका थिए, टेस्टमा।
उनी अब ग्रेग च्यापेल, भिभ रिचार्डस् र मोहम्मद युसुफसँगै टेस्टमा शतक संख्या बराबर बनाउनेमा परेका छन्।
अस्ट्रेलियाका ६ जना ब्याट्सम्यानमात्र बाँकी छन् जससँग धेरै टेस्ट सेन्चुरीको रेकर्ड छ। उनको रफ्तार यसैगरी बढ्ने हो भने टेस्ट शतकमा उनको नयाँ रेकर्डहरु बन्ने निश्चित छ।