PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

फ्राइडे रिलिजमा दुई नेपाली फिल्मसँगै दुई विदेशी फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिजमा दुई नेपाली फिल्मसँगै दुई विदेशी फिल्म

काठमाडौं: आज साउन १७ गते शुक्रबार काठमाडौंका सिनेमा हलमा नेपाली दुई र विदेशी दुई गरी चार वटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'न यता न उता', 'रातो गलबन्दी', बलिउड फिल्म 'खानदानी शफाखाना' र हलिउड फिल्म 'फास्ट एन्ड फ्युरियस' गरी चारवटा फिल्म प्रदर्शनमा आएका हुन्।

मिराज रोश र बिशारद बस्नेत निर्देशित फिल्म 'न यता न उता' आजबाट प्रदर्शनमा आएको छ। फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, नम्रता सापकोटा, राजाराम पौडेल, कमलमणि नेपाल, अनु दाहाल, राजन खतिवडा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। रिना लामाको लगानी रहेको यस फिल्मलाई अरोन अशोक कुमारले छायांकन गरेका हुन्। फिल्मको कथा र पटकथा भने मिराज रोशले तयार पारेका हुन्।

अनिश थापाको निर्देशन रहेको फिल्म 'रातो गलबन्दी'मा केकी अधिकारी, कोशिश क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन्। फिल्ममा केकी, कोशिश र बुद्धिसँगै अर्जुन गुरुङ, हेमन्त बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सोनाक्षी सिन्हा स्टारर फिल्म 'खानदानी शफाखाना'लाई शिल्पी दास गुप्ताले निर्देशन गरेका हुन्। गौतम मेहराले लेखेको उक्त फिल्ममा सोनाक्षी सिन्हासँगै वरुण शर्मा र र्‍यापर बादशाहको मुख्य भूमिका रहेको छ।

हलिउड फिल्म 'फास्ट एन्ड फ्युरियस' पनि आजबाटै प्रदर्शनमा आएको छ। फिल्मलाई मोर्गन, जोन्सन, स्ट्याथम र  हिराम गार्सियाले संयुक्त निर्माण गरेका हुन्। डेभिड लिचले निर्देशन गरेको फिल्ममा ड्वाने जोन्सन, जेसन स्ट्याथम, इद्रिस एल्बा, भेनेसा कर्बी, हेलेन मिरन र आइजा गोन्जालेज लगायतको अभिनय हेर्न पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell