PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

स्वस्तिमा र निश्चल बने आदर्श जोडी



पहिलोपोस्ट

स्वस्तिमा र निश्चल बने आदर्श जोडी

काठमाडौं: नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडी सम्मान प्रदान गरिएको छ। तीन दिने तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा यी दुई रियल लाइफ जोडी कलाकारलाई सम्मान गरिएको हो। ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरले कार्यक्रम आयोजना गरेको हो।

आयोजक संस्थाकी अध्यक्ष मीनाकुमारी रिमालले भनिन्,'दुबैजना एउटै क्षेत्रमा काम गर्ने र आफ्नो कार्य क्षेत्रलाई योगदान पुर्‍याउने जोडीलाई हामीले सम्मान गर्दै आएका छौं। यो वर्ष फिल्म क्षेत्रमा फरक काम गरेर स्थापित हुँदै गरेका सफल कलाकार जोडीलाई सम्मान गर्न पाउँदा खुशी छौं।' 

मेलाको यो सातौं संस्करण हो। यसै वर्षदेखी 'सबैको लागि मनोरञ्जन र उत्सव' भन्ने नारासहित मेलामा प्रवेश नि:शूल्क गरिएको बताइएको छ।

मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमूख अतिथी थिए। कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो। तीज माईती मेला श्रावण १८ गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell