PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

'हब्स एन्ड स'को नेपाल प्रिमियर, हलमा एकसाथ व्यवसायीदेखि कलाकारसम्म



पहिलोपोस्ट

'हब्स एन्ड स'को नेपाल प्रिमियर, हलमा एकसाथ व्यवसायीदेखि कलाकारसम्म

हलिउड एक्सन फिल्म 'फास्ट एन्ड फ्युरियस प्रेजेन्ट्स: हब्स एन्ड स'को नेपाल प्रिमियर बिहीवार भयो। कमलादीस्थित बिग मुभिजमा सम्पन्न प्रिमियर शोमा नेपालका व्यवसायीदेखि चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो।

चर्चित हलिउड फिल्म सिरिजको यो भागलाई नेपालका लागि युनिभर्सल पिक्चर्स, एप्पल इन्टरटेनमेन्ट र बिग मुभिजले राइट्स लिएका हुन्। लस एन्जलसस्थित डल्बी थिएटरमा जुलाई १३ मा फिल्म प्रिमियर भएको थियो। सार्वजनिक भने शुक्रवार विश्वभरी एकसाथ भयो।

फिल्मलाई मोर्गन, जोन्सन, स्ट्याथम र हिराम गार्सियाले संयुक्त निर्माण गरेका हुन्। डेभिड लिचले निर्देशन गरेको फिल्ममा ड्वाने जोन्सन, जेसन स्ट्याथम, इद्रिस एल्बा, भेनेसा कर्बी, हेलेन मिरन र आइजा गोन्जालेज लगायतको अभिनय हेर्न पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell