PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्राइम टाइममा 'द भ्वाइस अफ नेपाल सिजन–२', प्रसारण मिति तय



पहिलोपोस्ट

प्राइम टाइममा 'द भ्वाइस अफ नेपाल सिजन–२', प्रसारण मिति तय

गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को दोस्रो संस्करण प्रसारण मिति सार्वजनिक भएको छ। यही साउन ३१ गतेबाट कार्यक्रम सार्वजनिक हुने भएको हो।

सो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार प्रसारण हुनेछ। ‘द भ्वाइस अफ नेपाल सिजन–२’ राती ८ बजेदेखि ९ बजेसम्म, एक घण्टा लामो चल्नेछ। कार्यक्रम सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुनेछ।

आयोजकका अनुसार २२ हजार आवेदकबाट छानिएका करिव १ सय गायक गायिकाले कोचहरुसामु प्रस्तुति दिएका छन्।

कार्यक्रमको यो सिजनमा दुईजना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell