PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

मिस नेपाल अनुष्काले अमेरिकामा पाइन् सम्मान र आर्थिक सहयोग



पहिलोपोस्ट

मिस नेपाल अनुष्काले अमेरिकामा पाइन् सम्मान र आर्थिक सहयोग

काठमाडौः मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन्। अनुष्कालाई क्यालिफोर्नियास्थित हिमालयन फाउन्डेसन कर्पले बिहीवार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।

सो कार्यक्रममा अनुष्कालाई सहयोग स्वरुप ३८ सय अमेरिकी डलर रकम प्रदान गरिएको छ। सिन्धुपाल्चोकको स्वरासिंह गाँउमा विद्यमान चेलीबेटी बेचबिखन समस्या निर्मूल पार्न र त्यँहाको विकास निर्माणमा अनुष्काले सहयोग गरिरहेकाले क्यालिफोर्नियाको बे—एरियामा रहेका नेपालीबीच आयोजित अन्तरक्रियाबाट सो रकम संकलन गरिएको हो।

आयोजक हिमालयन फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए।

कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्न लागिपरेको बताइन्। जसलाई ठूलो रकम चाहिने भएकाले आफू अभियानमा जुटेको उनले खुलाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell