डेब्यू बलर नवदीप सैनीको उत्कृष्ट बलिङको मद्दतले पहिलो टि–२० मा भारतले वेष्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ। जितसँगै तीन खेलको श्रृखलामा भारत १–० को अग्रता बनाएको छ। डेब्यू बलर सैनीले भारतका लागि चार ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिए।
इन्डिजले दिएको ९६ रनको लक्ष्य भारतले १७ ओरभ २ बलमा पूरा गर्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले खराब प्रदर्शन गरेको थियो। ओपनरद्वय जोन कम्पबेल र इभिन लेविसलाई शून्यमै गुमाएको इन्डिजका लागि निकोलास पुरन र किरण पोलार्डबाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।
पुरनले २० र पोलार्डले ४९ रनको योगदान दिए। सैनीको बलमा एलबीडब्लू आउट हुनुअघि पोलार्डले ४ छक्का र २ चौकाको मद्दतमा ४९ रन जोडे। अन्तिम अन्तिम ओभरको तेस्रो बलमा पोलार्ड सैनीको बलमा आउट भएका। सैनीले अन्तिम ओभर मेडन राखेका थिए। डेब्यु खेलकै अन्तिम ओभरमा मेडन फ्याँक्ने सैनी पहिलो भारतीय बलर समेत बनेका छन्।
९६ रन पछ्याएको भारतका ब्याट्सम्यानको पनि प्रदर्शन मजबुत रहेन। ओपनर शिखर धवनलाई भारतले एक रनमै गुमाएको थियो। रोहित शर्माले २४ रन बनाउँदा कप्तान विराट कोहली र मनीष पाण्डेले १९÷१९ रनको योगदान दिए। रिसव पन्त शून्यमै आउट भए।
बलिङतर्फ भारतका भुवनेश्वर कुमारको नाममा दुई विकेट रह्यो। यस्तै, वेष्ट इन्डिजका सेल्डन कोट्रेल, सुनील नारिने र किमो पउलले २/२/ विकेट लिए।