PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

अमेरिकाको टेक्सासमा गोलाबारीः कम्तीमा २० जनाको मृत्यु, २६ घाइते



पहिलोपोस्ट

अमेरिकाको टेक्सासमा गोलाबारीः कम्तीमा २० जनाको मृत्यु, २६ घाइते

अमेरिकाको टेक्ससको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा २० जनाको मृत्यु भएको छ। गोली प्रहारबाट २६ जना घाइते भएको बीबीसीले जनाएको छ।

टेक्साको एल पासो क्षेत्रमा अवस्थित सिलो भिस्टा मलमा गोलाबारी भएको हो। गोलाबारी भएको क्षेत्र अमेरिका र मेक्सिकोको सीमाबाट केही माइलमात्र टाढा रहेको बताइएको छ।

घटना संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। गोलाबारीमा उक्त व्यक्तिको संलग्न रहेको प्रहरीको दाबी छ ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार २१ वर्षीय प्याट्रिक क्रुसियसलाई प्रहरीले नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell