PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

ग्लोबल टि २०ः सन्दीपको टिम नेशनल्स पराजित, सन्दीपको खराब प्रदर्शन



पहिलोपोस्ट

ग्लोबल टि २०ः सन्दीपको टिम नेशनल्स पराजित, सन्दीपको खराब प्रदर्शन

क्यानाडामा जारी ग्लोबल टि-२० क्रिकेट प्रतियोगितामा ब्रम्प्टन उल्भ्स् विजयी भएको छ। टोरन्टो नेशनल्सलाई ११ रनले पराजित गर्दै उल्भ्स् विजयी भएको हो।

नेशनल्सबाट नेपाली खेलाडी सन्दीप लामिछाने खेलिरहेका छन्। उल्भ्सविरुद्धको खेलमा सन्दीपले प्लेइङ एलेवनमा स्थान बनाएका थिए। तर सन्दीपले कमजोर प्रदर्शन गरे।

चार ओभर बलिङ गरेका उनले एक विकेटका लागि ४४ रन खर्चिए। पहिलो ओभरमा ३ चौका र दुई छक्का दिएर महंगा सावित भएका सन्दीपले दोस्रो ओभरमा ३ रन दिएर एक विकेट लिए। उनले उल्भ्सका कोलिन मुनरोको विकेट लिए। तेस्रो ओभरमा ७ रन दिएका उनले अन्तिम ओभरमा १० रन दिए।

टस हारेर ब्याटिङ गरेको ब्रम्प्टन उल्भ्सले २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। ब्रम्प्टनका लागि जर्ज मुनसेले सर्वाधिक ६६ रन बनाएका थिए।

२२३ रनको लक्ष्य पछ्याएको टोरन्टोले २० ओभरमा २११ रनमात्रै जोड्न सक्यो। टोरन्टोका लागि कप्तान युवराज सिंहले सर्वाधिक ५१ रन बनाए। 

ग्लोबल टि २० मा ६ टिम सहभागी छन्। शनिबारको खेल जित्दै उल्भ्सले ८ अंकसहित पहिलो स्थान कायमै राखेको छ। सन्दीपको टिम भने २ अंकका साथ पाँचौँ स्थानमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell