काठमाडौः मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रलिले आयोजना गरेको मिस गुरुङ इन्टरनेसनल तेस्रो संस्करणको छनोट चरण समाप्त भएको छ। इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरी १ सय ५० भन्दा बढी गुरुङ प्रतिस्प्रर्धीहरुले सहभागिता जनाएका छन्।
भदौ २८ मा प्रज्ञा भवन कमलादीमा हुने अन्तिम चरणको छनोटका लागि देशभरीबाट गरी पहिलो चरणका जम्मा ४० प्रतियोगीलाई अवसर प्रदान गरिने छ। छनोट भएका ४० प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासँग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन्।
मिस गुरुङ इन्टरनेसनल सहित कुल १२ विधामा प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन्। ५ उत्कृष्टलाई स्कुटरसहित १० लाख बराबरको पुरस्कार व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। भदौ २८ मा हुने फाइनल हुने आयोजकले जनाएको छ।