PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

सरकारी सेवाको अवसर : विभिन्न पदमा सेनाले माग्यो एकैपटक ५ हजार ९ सय ३८ जना



पहिलोपोस्ट

सरकारी सेवाको अवसर : विभिन्न पदमा सेनाले माग्यो एकैपटक ५ हजार ९ सय ३८ जना

काठमाडौं: नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ जनाको लागि विज्ञापन खुला गरेको छ। सेनाले रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो।

सेनाले जंगी अड्डा काठमाडौं, सेनाका कार्यालयहरु धनकुटा, संखुवासभा, उदयपुरको गाईघाट, ओखलढुंगा, झापा, ताप्लेजुङ, धनुषा, सिराहा, बारा, मकवानपुर, बैरेनी, चितवन, नुवाकोट, सिन्धुली, ललितपुर, सूर्यविनायक, चौतारा, पोखरा,तनहुँ, बाग्लुङ, रुपन्देही, नेपालगञ्ज, दाङ, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाची, सुर्खेत, सल्यान, जुम्ला, कालीकोट, दीपायल, बैतडी, बझाङ, दार्चुला, कैलाली र कञ्चनपुरका भर्ना केन्द्रबाट दरखास्त लिने छ।

नेपाली नागरिकले साउन १९ गतेदेखि भदौ १६ गतेसम्मा नजिकका केन्द्रमा गएर आवेदन दिन सक्ने छन्। सैन्य पदको लागि कक्षा ८ उत्तीर्ण गरेकाले पनि आवदेन दिन सक्ने छन्। सैन्य मेडिकल पदका लागि मेडिकल सम्बन्धी अध्ययन गरेको हुनु पर्नेछ। सेनाका अनुसार सिएमए, अनमी जस्तो कोर्स गरेको हुनु पर्नेछ।

सैन्य मेडिकल, सिग्नल, ड्राइभरको लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्नेछ। त्यस्तै सबै ट्रेडका फलोवर्सको हकमा १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell