PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

'सेल्फी किङ' विपिन कार्की



पहिलोपोस्ट

'सेल्फी किङ' विपिन कार्की

काठमाडौ: अभिनेता विपिन कार्की फिल्म 'सेल्फी किङ' मा अनुबन्धित भएका छन्। विशाल सापकोटाको निर्देशनमा निर्माण हुन लागेको उक्त फिल्ममा दुई नायिकाको मुख्य भूमिका रहनेछ।

फिल्मलाई 'प्रसाद' का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले संयुक्त रुपमा निर्माण गर्ने बताइएको छ। 'सेल्फी किङ' विपिनसँग देखिने नायिकाहरु फाइनल नभइसके पनि स्वस्तिमा खड्का र लक्ष्मी बर्देवासँग कुराकानी भईरहेको निर्माण पक्षले जानकारी दियो।

निर्मातामध्ये एक थापाले 'सेल्फी किङ'को छायांकन भदौ १० गतेदेखि सुरु हुने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell