PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'विक्रम वेद'को हिन्दी भर्सनमा दुई खान



पहिलोपोस्ट

'विक्रम वेद'को हिन्दी भर्सनमा दुई खान

विक्रम एक पुलिस अफिसर हुन्। वेद नाम गरेको एक ग्याङ्गस्टरको आगमनपछि उनको करियरको रफ्तार एउटै रहँदैन। वेदलाई समातेर मार्ने दाउमा रहेका हुन्छन् उनी। तर, एकदिन वेद स्वंयले आत्मसमर्पण गर्छ र विक्रमलाई तीन फरक कथाहरु सुनाउँछ। ती कथाहरु सुनेपछि विक्रमको सोचमा परिवर्तन आउँछ। सही र गलतलाई हेर्ने दृष्टिकोण बदलिन्छ।

तमिल फिल्म 'विक्रम वेदा'को कथा सार हो यो। फिल्म बक्सअफिसमा अनि समीक्षात्मक हिसाबमा पनि सफल भयो।

साउथ इन्डियाका दुई चर्चित अभिनेता आर माधवन र विजय सेथुपथी अभिनित क्राइम थ्रिलर फिल्मको हिन्दी रिमेकको तयारी भएको छ। फिल्ममा सैफ अली खान र आमिर खान विक्रम र वेदको भूमिकामा अनुबन्धित हुनसक्ने खबर बलिउड हंगामामा प्रकाशित छ।

फिल्मलाई पुष्कर गायत्रीले निर्देशन गर्नेछन्। तमिल भाषामा निर्मित फिल्म पनि उनकै निर्देशनमा बनेको थियो। रिलायन्स र निरज पाण्डेले संयुक्त निर्माण गर्ने फिल्मका लागि प्रस्तावित दुवै कलाकारको प्रतिक्रिया सकारात्मक रहेको बताइएको छ।

प्रि-प्रोडक्सनको काम भइरहेको फिल्म जुन २०२० मा छायांकनको लागि फ्लोरमा उत्रने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell