PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

राखीले बेलायतमा बस्ने एनआरआईसँग गुपचुप बिहे गरेको स्विकारिन्



पहिलोपोस्ट

राखीले बेलायतमा बस्ने एनआरआईसँग गुपचुप बिहे गरेको स्विकारिन्

काठमाडौं: बलिउडकी 'कन्टोभर्सी क्विन' राखी सावन्त विवाहको कारणले एकपटक फेरि चर्चाको शिखरमा उक्लिएकी छिन्। राखीले आफूले गुपचुप बिहे गरेको स्वीकार गरेकी छिन्। शुरुमा उनले बिहे गरेको अस्वीकार गरे पनि अन्ततः उनले आफूले गुपचुप बिहे गरेको स्विकारेकी हुन्।

हालै उनले एउटा अन्तर्वार्तामा आफूले विवाह गरेको खुलासा गरेकी हुन्। उनले भनिन्, 'म निकै डराएकी थिएँ, हो मैले विवाह गरेकी हुँ।' उनले थप्दै भनिन्, 'मेरो श्रीमानको नाम रितेश हो। उहाँ एनआरआई हो र बेलायतमा बस्नु हुन्छ। उहाँ अहिले बेलायत फर्किसक्नु भयो। मेरो भिसाको प्रक्रिया चलिरहेको छ। म पनि छिटै उहाँसँग बेलायत जानेछु।'

साथै राखीले यति राम्रो पति पाएकोमा जिजस क्राइस्टलाई धन्यवाद समेत दिएकी छिन्। राखीले बताए अनुसार उनको पति रितेश उनको फ्यान थिए। रितेशले उनलाई ह्वाट्सएपमा म्यासेज गर्दथे। करिब डेढ साल डेट गरेपछि रितेशले राखीसामु प्रेम प्रस्ताव राखेका थिए। राखीले रितेशलाई पहिलो पटक बिहेको १५ दिनअघि मात्र भेटेको दाबी गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell