PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

मनमैजुबाट कस्तुरीको विनासहित दुई जना पक्राउ



पहिलोपोस्ट

मनमैजुबाट कस्तुरीको विनासहित दुई जना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको विनासहित दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका १० मनमैजु मालपोत कार्यालयचोक नजिक प्रतीक्षालय बस्दै गरेको अवस्थामा दोलखाका ३६ वर्षीय बाबु नेपाली र ४५ वर्षीय रमेश लामालाई आज दिउँसो पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले नेपाली र लामाले चारवटा सेतो रङको प्रतिबन्धित विनासहित पक्राउ गरिएको जानकारी दिए। पक्राउ नेपाली र लामासँग प्रहरीले ७७ ग्राम ४५ मिलिग्राम कस्तुरीको विना बरामद गरेको छ।

नेपालमा कस्तुरीको विनालाई धेरै मूल्य पर्ने भएकाले ओसारपसार गरिने गरेको छ। पक्राउ दुवैजनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले प्रमुख राठौरले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell