PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

दुर्घटनामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा दुई जनाको मृत्यु

बनेपाः बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका -१० जनागालमा आज छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा काठमाडौँबाट बर्दिवासतर्फ जाँदै गरेको ना ६२ प ७३१६ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खस्दा धादिङ सल्यानटार–३ घर भई हाल कालिसिद्धि गण बर्दिवासमा कार्यरत अमल्दार ३५ वर्षीय भोजनारायण श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

यस्तै साँगाबाट बनेपातर्फ जाँदै गरेको बा ९९ प ३३९७ नं को स्कुटर सोही दिशाबाट गइरहेको बा ६ ख ७३१५ नं को ट्रकसँग ठोक्किँदा स्कुटर चालक रोशी गाउँपालिका -७ कटुञ्जेका २६ वर्षीय आशाकाजी वाईबाको मुत्यु भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell