
हेटौँडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ। अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको हो।
आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार साँझ कार्यालयबाटै पक्राउ गरिएको हो। उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौँडास्थित कार्यालय पुगेको प्रहरी नायब निरीक्षकको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको सूचना अधिकारी देवराज राईले जानकारी दिए। रासस