PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

वीपी प्रतिष्ठानका उपकुलपति रौनियारका काका भतिजालाई भ्रष्टाचार मुद्दा, एक करोड २८ लाख बिगो दाबी



पहिलोपोस्ट

वीपी प्रतिष्ठानका उपकुलपति रौनियारका काका भतिजालाई भ्रष्टाचार मुद्दा, एक करोड २८ लाख बिगो दाबी

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका भतिजा डा. रामहरि रौनियारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिष्ठानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएका ठेकेदारसँग पटकपटक घुस रकम लिएको अभियोगमा अख्तियारले उनीहरुमाथि मुद्दा दायर गरेको हो।

गत असार २५ गते रौनियारका काका भतिजालाई अख्तियारको टोलीले आठ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा विभिन्न समयमा ठेकेदारसँग रौनियारले गरी एक करोड २८ लाख घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो। 

अख्तियारले आइतबार रौनियारद्वयमाथि मुद्दा दायर गरेको हो।  

सम्बन्धित समाचार

निवासबाटै ८ लाख घुससहित समातिए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार

वीपी प्रतिष्ठानका उपकुलपतिसँगै पक्राउ परेका डा. रौनियार को हुन्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell