PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु



रासस

गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु

काठमाडौं : गुडिरहेको मोटरसाइकलबाट खस्दा एक किशोरीको मृत्यु भएको छ।

टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आज बिहान बा५३प ९६५४ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो।

महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोष सिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजिक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिए।

मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell