PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सदन खुलाउन सभामुखको पहल, प्रतिपक्ष दलका नेतासँग छुट्टाछुट्टै भेटवार्ता



पहिलोपोस्ट

सदन खुलाउन सभामुखको पहल, प्रतिपक्ष दलका नेतासँग छुट्टाछुट्टै भेटवार्ता
फाइल फोटो

काठमाडौँः प्रतिनिधिसभाको जारी अवरोध खुलाउने उद्देश्यले सभामुख कृष्णबहादुर महराले आइतबार दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँण, प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण तथा सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गरेका हुन्।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्तापक्षबाट पहल गर्न आग्रह गरेको सभामुख महराको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ। साउन १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरे अनुसार सो दिनको बैठक सूचना प्रकाशित गरी स्थगन गरिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell