PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

घरको मूल ढोकामा नागको तस्विर टाँसेर नाग पञ्चमी मनाइँदै

घरको मूल ढोकामा नागको तस्विर टाँसेर नाग पञ्चमी मनाइँदै

रोजन श्रेष्ठ/पहिलोपोस्ट


आज देशभर नाग पञ्चमी मनाइँदैछ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ।

यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ।

प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ। आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मानिन्छ।

आजको दिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell