PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

दूध अभिषेकबिनै काठमाडौंको नाग पोखरीमा नाग पञ्चमी मनाइयो

दूध अभिषेकबिनै काठमाडौंको नाग पोखरीमा नाग पञ्चमी मनाइयो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: नाग पञ्चमीको अवसरमा आज बिहानैदेखि नाग पोखरीहरुमा भक्तजनहरुको भीड लागेको छ।

काठमाडौं उपत्यकामा रहेका नाग पोखरीहरुमा नागलाई दूध चढाउनेहरुको घुँइचो लागेको छ। काठमाडौंको नक्सालमा रहेको नाग पोखरीमा पनि बिहानैदेखि भक्तजनहरु नागको पूजाका लागि पुगिरहेका छन्।

तर, नागको प्रतिमामा भने यसपटक दूध अभिषेक गराइएन। प्रतिमा जीर्ण अवस्थामा रहेकाले यसपटक अभिषेक नगराइएको नक्साल क्लबले जनाएको छ।   

नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादीको भय नहुने, चट्याङ नपर्ने तथा अग्नि भय नहुने विश्वास गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell