
काठमाडौं: फिल्म 'साइनो' हेर्नका लागि १६ वर्ष उमेर मुनिकालाई अभिभावकको साथ चाहिने भएको छ। साउन २४ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई चलचित्र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो।
फिल्मलाई नेपालकी पहिलो अभिनेत्री भुवन चन्दले निर्माण गरेकी हुन्। उक्त फिल्ममा नेपाली फिल्म क्षेत्रका पाका कलाकारहरु भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ एकसाथ देखिँदै छन्।
फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन् भने 'मौलिक, सामाजिक कथावस्तु बोकेको फिल्म हो। यसलाई हरेक उमेर समूहकाले हेर्न सक्छन्।'
साइनोमा अन्य कलाकार नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ।
रामेश्वर कार्कीले छायांकन गरेको फिल्मलाई बनिश शाहले सम्पादन गर्ने छन्।