PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विप्लव नेतृत्वको आक्षेप : सरकार आफैँ बोक्सी, आफैँ धामी



पहिलोपोस्ट

विप्लव नेतृत्वको आक्षेप : सरकार आफैँ बोक्सी, आफैँ धामी

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले वार्ताको विषयमा सरकार आफैँ बोक्सी, आफैँ धामी भने झै भएको आक्षेप लगाएको छ।

गत फागुन २८ गते सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको सन्दर्भ उठाउँदै पार्टीको पछिल्ला निर्णय, वार्ता र सङ्घर्षसँग सम्बन्धित निर्णय जानकारी दिन पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ –‘हाम्रो पार्टीले एकीकृत जनक्रान्ति कार्यदिशाको बाटो लिएदेखि नै प्रतिक्रियावादी सत्ता दमन र षड्यन्त्रमा उत्रिएको छ।’

सरकार आफैँ दमनमा उत्रिएको आरोप लगाएको पार्टीले वार्तालाई हौवामात्र भएको जनाएको छ।

‘दमन र प्रतबन्ध सकारकरा लागि फाँसीको फन्दा झै भएको छ,’ पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न संकटको अभिव्यक्ति हो।’

वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिइ, औपचारिक पहल पनि नगरी नेपाल कम्युनिस्ट पार्टीद्याई वार्ता विरोधी भन्दै प्रचार गरेको आक्षेप पनि लगाएको छ।

प्रेस विज्ञप्तिमा दुरसंचार सेवा प्रदायक एनसेलले कर छली लगायतको कदम नसच्याए थप कारवाही गर्ने समेत उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell