PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मेलम्चीको बाँकी काम अब चिनियाँ कम्पनीलाई ठेक्का



दिनेश खड्का

मेलम्चीको बाँकी काम अब चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि चिनियाँ कम्पनी छनौंट भएको छ।

मेलम्ची खानेपानी विकास समितिले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिन लागेको हो। आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई छनोट गरेको छ। छनोट प्रक्रिया सकेर ऋणदाता एसियाली विकास बैक(एडीबी)बाट स्वीकृतिका लागि पठाएको आयोजना प्रमुख सूर्यराज कँडेलले जानकारी दिए।

उनका अनुसार एडीबीबाट पुन:मूल्यांकन भएर एक सातामा स्वीकृत भएर आउनेछ। आयोजनाले छनोट गरेको भएपनि चिनियाँ कम्पनीलाई दिने वा नदिन भन्ने एडीबीले निर्णय भने दिइसकेको छैन्। आयोजनाले निकालेको ग्लोवल टेण्डरमा चिनियाँ कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय हाइड्रो/रमण जेभीले आवेदन दिएका थिए।

दुवै कम्पनी प्राविधिक मूल्यांकनमा पास भएका थिए। चिनियाँ कम्पनीले आयोजनाको इस्टिमेटभन्दा करिव २५ प्रतिशतमा तल ठेक्का हालेको छ भने नेपाली कम्पनीले इस्टिमेटमा काम गर्न नसकिने भन्दै बढी मूल्यमा ठेक्का हालेपछि चिनियाँ कम्पनीलाई नियमानुसार छनौंट गरिएको हो। हेडवर्क्सका लागि करिब १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ लाग्ने अनुमान छ।

समितिले छनोट गरेको चिनियाँ कम्पनी यस अघि इटालियन कम्पनी सिएमसी दि रिभेन्ना मेलम्चीको ठेक्का हात पार्ने दौडमा थियो। सिएमसीले सिनो हाइड्रोभन्दा कम कवोल गरेपछि उसैले ठेक्का हात पारेको थियो। सिएमीले आयोजना अलपत्र पारेर हिँडेपछि सिनो हाइड्रोले चासो देखाउँदै आएको आयोजनाका एक अधिकारीले बताए।

यो आयोजना पूरा गरेर यस अघि दोस्रो भएको कम्पनी पहिलो हुने चाहाना व्यक्त गरेको ती अधिकारीले बताए। यो चिनियाँ कम्पनीले नेपालमा विश्वास कमाएको आयोजनाका अधिकारीहरुको भनाई छ। कम्पनीले तामाकोशीमा आफ्नो काम पूरा गरिसकेको छ। त्यहीका इक्विपमेन्टहरु ल्याएर काम गर्न सक्ने भएकाले मेलम्चीको काम छिटो हुने समितिको भनाई छ। आयोजनाले निकालेको दुवै ठेक्का चिनियाँ कम्पनीले नै पाउने समितिको निष्कर्ष छ।

सिएमसी छाडेपछि ६ महिना अलपत्र बनेको राष्ट्रिय गौरवको आयोजना दुई मूख्य र ८ साना गरी १० वटा प्याकेजमा निर्माण गर्ने योजना बनाइएको थियो। ८ वटा साना ठेक्का मन्त्रिपरिषदबाट स्वीकृत गराएर सिधै दिएर काम गराउन लागिएको छ भने दुई मूख्य ठेक्काका लागि जेठ १७ गते टेण्डर आव्हान गरिएको थियो। आयोजनाले सिएमसीसँगै काम गरेका सब कन्ट्रयाक्टरलाई  साना ठेक्का दिन लागेको हो।

आयोजना प्रमुख कँडेलका अनुसार दुई वटा मूख्य ठेक्का बाहेक अरुमा कन्स्ट्रक्सनको काम छैन। सिएमसीसँग काम गरिरहेका र उनीहरुसँग इक्विपमेन्ट र जनशक्ति दुवै छ। नयाँ ठेक्का लगाएर काम गर्दा समय लाग्ने भन्दै तीनै कम्पनीहरु मार्फत गराउन लागिएको हो। अधिकांश कामहरु यी दुई ठेक्कासँगै जोडिएका कारण एकैपटक काम हुनेछ।

दशैंपछि मात्रै  काम

एडीबीले मूल्यांकन सकेर एक सातामा निर्णय दिनेछ। त्यसपछि आयोजनाले  सात दिनका लागि उजुरी दिन सकिने गरि सूचना प्रकाशित गर्छ।

कुनै अवरोध नआए १५ दिनभित्र सम्झौता हुनेछ। सम्झौता भएको कम्पनीले एक महिना मोविलाइजेसन पिरियड पाउने छ। असोज अघि नै काम सुरु गर्ने गरी ठेक्का लाग्ने कँडेलले दाबी गरेका छन्। तर, असोजपछि मात्रै काम सुरु हुने निश्चित छ। काम थालेको १२ महिनामा सुरुङमार्ग फिनिसिङ र १५ महिनामा हेडवर्क्स तयार पार्नुपर्नेछ।

सुरुङ मार्ग फिनिसिङको ठेक्कामा १२ सय मिटर फिनिसिङ, सुरुङमार्गको पहिचान गरिएका ठाउँमा रेट्रोफिटिङ, सुरुङमार्गबाट ट्रिटमेन्ट प्लान्टसम्म पाइप राख्ने लगायतका कामहरु रहेका छन्। दोस्रो ठेक्कामा सुरुङमार्गको सबैभन्दा माथिल्लो भागमा बन्ने हेडबर्क्स तयार पार्ने ठेक्का रहेको छ। सहायक र मूख्य गरी दुईवटा हेडवर्क्स तयार पार्नुपर्नेछ। हेडवर्क्स बन्ने स्थानमा ओपन कट गरेर छाडिएको छ। जमिनमाथिका सबै संरचना बनाउनुपर्नेछ। वालुवा छान्न प्रयोग हुने डिसेल्टिङ मेसिन राख्ने संरचना समेत बनाउनुपर्नेछ।

सुरुमा मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी सिआरसिसी-सिएमआइईले काम गर्न नसकेपछि इटालियन कम्पनीलाई दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell