A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995766651d589.31229118): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995766651d589.31229118,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

लोकसेवाको विज्ञापनविरुद्ध यसरी प्रदर्शनमा उत्रिए आरक्षण पक्षधर
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

लोकसेवाको विज्ञापनविरुद्ध यसरी प्रदर्शनमा उत्रिए आरक्षण पक्षधर

लोकसेवाको विज्ञापनविरुद्ध यसरी प्रदर्शनमा उत्रिए आरक्षण पक्षधर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: लोकसेवा आयोगले हालैमात्र प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि प्रदर्शन गरेको छ।

आरक्षण बचाउँ आन्दोलनले आयोजना गरेको प्रदर्शन भृकुटीमण्डपबाट रात्नपार्क पुगी कोणसभामा परिणत भएको थियो।

लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध आरक्षण पक्षधरले आन्दोलन गर्दै आएको छ।

उनीहरुले भोलि दिउँसो ४ बजे माइतीघरबाट उल्टो यात्रा गरी विरोध जनाउने तयारी गरेको छ।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन्। उनीहरुले सो विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनःप्रकाशित गर्नुपर्नेसमेत माग गर्दै आएका थिए। विवादका कारण सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले आयोगको पक्षमा यही असार १६ गते फैसला आदेश जारी गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell