PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सुबिसुमा आगो लाग्यो, बालुवाटारमा कालो मुस्लो



पहिलोपोस्ट

सुबिसुमा आगो लाग्यो, बालुवाटारमा कालो मुस्लो

काठमाडौं : बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिमा आगो लागेको छ। बुधवार मध्यान्ह बालुवाटारमा कालो मुस्लो देखिएको थियो।

'बालुवाटार चोक नजिकै रहेको सुबिसुको स्टोरमा आगो लागेको जानकारी आएको छ,' महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले पहिलोपोस्टलाई भने, 'सुरक्षाकर्मीहरु घटनास्थल पुगिसकेका छन्।'

स्टोरसँगै पेट्रोलियम भण्डारण गर्ने ट्याङ्क रहेकाले ठूलो क्षति भएको हुनसक्ने बताइएको छ। सुबिसुले इन्टरनेट तथा केबुल टेलिभिजन सेवा प्रदान गर्दै आएको छ।

सुबिसुका सञ्चालक सुधीर पराजुलीले आगो लागेको जानकारी पाएपछि आफू त्यतै जान लागेको बताए। थप विवरणका प्राप्त हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell