PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अपडेट : हेर्नुस् सुबिसुमा लागेको आगोलाई यसरी लिइँदैछ नियन्त्रणमा

अपडेट : हेर्नुस् सुबिसुमा लागेको आगोलाई यसरी लिइँदैछ नियन्त्रणमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय नजिकै रहेको इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिको कार्यालयमा लागेको आगो नियन्त्रणमा लिने कार्य जारी छ। बुधवार मध्यान्ह भएको आगलागीका कारण बालुवाटार क्षेत्र तनावग्रस्त बनेको छ। मूल बाटोमा जोडिएको भवनमा आगो लागेकाले यातायात अवरुद्ध छ।

वारुणयन्त्र परिचालन गरेर आगो नियन्त्रण गर्ने क्रम जारी छ। आगो फैलन सक्ने स्थितिलाई काबुमा लिइएको छ। जुद्द बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस्, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र आगो नियन्त्रणका लागि परिचालित छन्।

'बालुवाटार चोकनजिकै रहेको सुबिसुको स्टोरमा आगो लागेको हो,' महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले पहिलोपोस्टलाई भने, 'सुरक्षाकर्मीहरु घटनास्थल पुगिसकेका छन्।'

स्टोरसँगै पेट्रोलियम भण्डारण गर्ने ट्याङ्क रहेकाले ठूलो क्षति भएको हुनसक्ने बताइएको छ। सुबिसुले इन्टरनेट तथा केबुल टेलिभिजन सेवा प्रदान गर्दै आएको छ।

सुबिसुका सञ्चालक सुधीर पराजुलीले आगो लागेको जानकारी पाएपछि आफू त्यतै जान लागेको बताए।

 



ट्रेन्डिङ पोस्ट

Ncell