PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

प्रेम जोडीका लागि ‘लभ यु हमेशा’को भिडियो प्रतियोगिता



पहिलोपोस्ट

प्रेम जोडीका लागि ‘लभ यु हमेशा’को भिडियो प्रतियोगिता

काठमाडौं: फिल्म ‘लभ यु हमेशा’ युनिटले भिडियो प्रतियोगिता आयोजना गरेको छ।

 विवाहित वा अविवाहित जोडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। प्रेम सम्बन्धमा रहेका जोडीको प्रेमी वा प्रेमिकाले प्रेम प्रस्ताव राखेको भिडियो हुनुपर्नेछ। भिडियो फिल्मको फेसबुक पेजमार्फत पठाउन सक्नेछन्।

सर्वाधिक लाइक र कमर्न्ट प्राप्त गर्ने भिडियो उत्कृष्ट ठहरिने छ।

विजेताले फिल्मका कलाकारसँग रेड कार्पेट प्रिमियरमा सहभागी हुन पाउने छन्। त्यस्तै तीन दिन र चार रातको दार्जिलिङ भ्रमणको मौका पाउने छन्।

विजेता घोषणा भदौ २१ मा गरिने बताइएको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा कलाकारहरु यशराज गरच, ऋचा थापा र फिजा योन्जन मुख्य भूमिकामा रहेका छन्।

भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौं साथै फिलिपिन्समा छायांकन भएको हो। फिल्म भदौ २७ गतेबाट प्रदर्शनमा आउने छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell