PahiloPost

May 15, 2025 | २ जेठ २०८२

अपडेट : बालुवाटारमा सुबिसुमा लागेको आगो, भक्तपुरको यति कार्पेटमा जस्तै, स्टोरमा थियो २ हजार लिटर पेट्रोलियम पदार्थ



पहिलोपोस्ट

अपडेट : बालुवाटारमा सुबिसुमा लागेको आगो, भक्तपुरको यति कार्पेटमा जस्तै, स्टोरमा थियो २ हजार लिटर पेट्रोलियम पदार्थ

काठमाडौं : बालुवाटारमा रहेको सुबिसुको कार्यालयमा भएको आगलागीको प्रकृति भक्तपुरमा रहेको यति कार्पेटको आगलागी सम्झाउने खालको देखिएको छ।

इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा आगलागी भएको हो। आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले। करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनायो।

आगलागीबाट सुबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। कार्यालयसँगै रहेको द्वारिका श्रेष्ठको घरमा पनि आगोले क्षति पुर्‍याएको छ।

आगोलाई नियन्त्रणमा लिन जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस्, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र परिचालन गरिएको छ। मानवीय क्षति भने आगलागीमा नभएको बताइएको छ।

भक्तपुरमा यति कार्पेटमा आगो लाग्दा पनि यस्तै अवस्था देखिएको थियो। कार्पेट उद्योगभित्र रिजर्भमा राखिएको डिजेलले ५० करोड रुपैयाँ बराबरको कम्पनीलाई एकछिनमा खरानी बनाएको थियो।

आगो निभाएर फर्केका नेपाली सेनाका जवानले दिएको जानकारी अनुसार कार्यालयको अगाडिको भागका सामान जलेका छन्। पछाडिपट्टिको भाग भने बचाउन सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell