PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सुष्मा स्वराजको निधनमा कमल थापाले सम्झिए समकक्षी हुँदाको क्षण, दिए श्रद्धाञ्जली



पहिलोपोस्ट

सुष्मा स्वराजको निधनमा कमल थापाले सम्झिए समकक्षी हुँदाको क्षण, दिए श्रद्धाञ्जली
समकक्षी हुँदाको फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय जनता पार्टीका नेता सुष्मा स्वराजको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

आज प्रेस विज्ञप्ति जारी गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनले नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन स्वराजको महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका छन्।

स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो।

'विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उहाँले खेल्नु भएको भूमिका र उहाँसँग समकक्षीका रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको छ,' थापाले भनेका छन्।

उनले स्वराज नेपालको असल मित्र र शुभेच्छुक रहेको स्मरणसमेत गरेका छन्।

'दिवंगत सुष्माजी प्रति श्रद्धाञ्जली अर्पण गर्दछु। शोकको यस घडीमा भारतीय जनता पार्टी र भारतीय जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछु,' थापाले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell