PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सुबिसु कार्यालयमा लागेको आगो यसरी आयो नियन्त्रणमा, २० फोटोमा हेर्नुस्

सुबिसु कार्यालयमा लागेको आगो यसरी आयो नियन्त्रणमा, २० फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आए लगत्तै सबै बारुणयन्त्र फिर्ता भएका छन्।

आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले। करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनाएको थियो।

आगलागीबाट सुबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। कार्यालयसँगै रहेको द्वारिका श्रेष्ठको घरमा पनि आगोले क्षति पुर्‍याएको छ। 

आगोलाई नियन्त्रणमा लिन जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस्, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र परिचालन गरिएको थियो। 

मानवीय क्षति भने आगलागीमा नभएको बताइएको छ।

 आगो निभाएर फर्केका नेपाली सेनाका जवानले दिएको जानकारी अनुसार कार्यालयको अगाडिको भागका सामान जलेका छन्। पछाडिपट्टिको भाग भने बचाउन सकिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell