PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पाटनमा मनाइँदै यल पञ्चदान पर्व, फोटोमा हेर्नुहोस्

पाटनमा मनाइँदै यल पञ्चदान पर्व, फोटोमा हेर्नुहोस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर: पाटनमा बिहीवार यल पञ्चदान (पञ्चदान) पर्व मनाइएको छ। हरेक वर्ष साउन शुक्ल अष्टमीका दिन पाटन क्षेत्रमा रहेका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। काठमाडौं र भक्तपुरमा भाद्रकृष्ण त्रयोदशीमा पञ्चदान गर्ने परम्परा रहेको छ। नेपाल भाषामा यस पर्वलाई 'पंजरां' भन्ने गरिन्छ।

आज बिहानैदेखि पाटनस्थित बहा: बही, बिहारमा दिपंकर बुद्धका मूर्ति, करुणामयका मूर्तिहरु प्रदर्शनमा राखिएको थियो। त्यस क्रममा भक्तजनहरुले धान, नुन, गहुँ, भटमान, फलफूल, सुनचाँदी, वस्त्र, नगद इत्यादी दान गर्ने परम्परा रहेको छ। लिच्छवीकालदेखि सुरु भएको यो पर्वमा दान गर्न दिपंकर बुद्ध रहेका स्थानमा मानिसहरुको घुइँचो लागेको छ। यसरी दान गर्दा समाजमा शान्ति, भाइचारा फैलिने र दान गर्ने भावनाको विकास हुने जनविश्वास रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell