PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

फ्ल्याभिया बनिन् 'मिस टिन प्लस टु २०१९'



पहिलोपोस्ट

फ्ल्याभिया बनिन् 'मिस टिन प्लस टु २०१९'

काठमाडौं: 'मिस टिन प्लस टु २०१९' को विजेता घोषणा भएको छ। फ्ल्याभिया महर्जनले प्लस टु अध्ययनरतहरु बीचको सौन्दर्य प्रतियोगिताको उपाधि जितेकी हुन्। स्टार वन इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगिताको यो पाँचौ संस्करण हो।

फ्ल्याभियाले शीर्ष उपाधिसँगै उत्कृष्ट डान्सको उपाधि समेत जितेकी छिन्। त्यस्तै फस्ट रनर्स अप तथा मस्ट फिटनेस सुजियाना देसार, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाइस तेन्जिङ डोल्मा शेर्पा, थर्ड रनर्स अप, मिस ट्यालेन्ट, मस्ट फोटोजेनिक तथा युट्युब मस्ट भ्युज श्रेया भट्टले जिते।

प्रतियोगिताको निर्णायकमा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सूर्य चन्द, प्राचार्य पूर्ण लामा, संगीतकार सरोज प्याकुरेल सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell