PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

संसद बैठकमा खाली कुर्सी, ४१ मात्र भित्र, अरु चाहिँ कता? बैठक भने स्थगित



पहिलोपोस्ट

संसद बैठकमा खाली कुर्सी, ४१ मात्र भित्र, अरु चाहिँ कता? बैठक भने स्थगित
फाइल फोटो

काठमाडौं : गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित भएको छ।

सेफगार्ड एण्टी डम्पिङ तथा काउन्टर भेलिइङ विधेयक २०७५ को सम्बन्धमा उद्योग तथा वाणिज्य समिति र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पारित गर्ने क्रममा कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले गणपुरक संख्या नपुगेको भन्दै विधेयक पारित हुन नसक्ने बताएका थिए। उनले सांसद संख्या गन्न माग गरेका थिए।

सभामुख कृष्णबहादुर महराले तीन मिनेट घण्टी बजाई गणपुरक संख्या एकीन गर्न कर्मचारीलाई निर्देशन दिए।

पछि गन्दा ४१ सदस्य मात्र देखिए। संविधानको धारा ९४ वमोजिम कुनै प्रस्ताव पारित गर्न एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। हाल सदस्य संख्या अनुसार ६९ उपस्थित हुनुपर्ने थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell