PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्योः तीन जनाको मृत्यु , २५ बेपत्ता



पहिलोपोस्ट

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्योः तीन जनाको मृत्यु , २५ बेपत्ता

धादिङ (गजुरी): सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ। दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन्। मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell