PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

नौ लाख घुससहित डिभिजन सडक कार्यालय पोखराका प्रमुख अख्तियारको नियन्त्रणमा



पहिलोपोस्ट

नौ लाख घुससहित डिभिजन सडक कार्यालय पोखराका प्रमुख अख्तियारको नियन्त्रणमा

कास्कीः डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनियर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनियर पवित्रमणि आचार्यलाई नौ लाख रुपैयाँसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ। आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गरे। दाहालले रकम भने यकिन हुन बाँकी रहेको बताए।

उनले भने, “अख्तियार टोलीले सडक कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरेको सत्य हो। अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा सार्वजनिक गर्न मिल्दैन।”

सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell