PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सर्लाहीः सर्लाहीको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट बिहीबार दुईको मृत्यु भएको हो।

पश्चिमतर्फ गइरहेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ५ ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय विक्रमदास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो भने मनोज दासको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौँडामा मृत्यु भएको थियो। ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ। चालक भने फरार रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell