PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

झापामा चिर्पट प्रहार गरी बाबुको हत्या



पहिलोपोस्ट

झापामा चिर्पट प्रहार गरी बाबुको हत्या

काठमाडौं: झापामा छोराले बाबुको हत्या गरेका छन्। शुक्रवार बिहान ३० वर्षीय छोरा प्रकाश थापाले बुबाको हत्या गरेका हुन्। कमल गाउँपालिका १ बस्ने ७० वर्षीय सूर्यबहादुर थापालाई घरायसी विवादको कारण दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

वृद्ध थापाको घटनास्थलमा नै मृत्यु भएको थियो। प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले छोरा प्रकाशलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell