PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

किन हान्यो प्रहरीले दिनदहाडै गोली?



सविन ढकाल

किन हान्यो प्रहरीले दिनदहाडै गोली?

काठमाडौं : लुटेराको समूहलाई नियन्त्रमा लिन महानगरीय अपराध महाशाखाको टोलीले दुई राउन्ड गोली प्रहार गरेको छ।

प्रहरीले गोली हानेपछि अमृत तामाङ र लोप्साङ भनिने मिलन तामाङलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी केदार ढकालले पहिलोपोस्टलाई जानकारी दिए।

'दुवै जना रामेछाप घर भएका हुन्,' ढकालले भने, 'उनीहरु लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएका थिए।'

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घुँडामुनि गोली हानिएको ढकालले दावी गरेका छन्।

यसअघि रामेछापका जनप्रतिनिधिसँग उनीहरुले २ करोड माग्दै धम्की दिएको पनि अनुसन्धानमा खुलेको छ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा स्वयम्भूको पूर्वतर्फ बिजेश्वरी नजिकै गोली प्रहार गर्न परेको एसपी ढकालले जनाए।

यसअघि महानगरीय अपराध महाशाखाको टोलीले अपरेसनका क्रममा दुई राउण्ड गोली चलाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले पुष्टि गरेका थिए।

आज बिहानदेखि नै महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले लुटेर समूहको संयुक्त खोजी अपरेसन चलाएको थियो।

'बिहानसम्म प्रहरीले दश जनाभन्दा बढी लुटेरा नियन्त्रणमा लिएको छ,' परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell