PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

नेपालले विश्वकप २०२२ को प्रारम्भिक छनोट र एएफसी एसियन कप छनोट खेल कुवेतसँग खेल्ने



पहिलोपोस्ट

नेपालले विश्वकप २०२२ को प्रारम्भिक छनोट र एएफसी एसियन कप छनोट खेल कुवेतसँग खेल्ने

काठमाडौं: नेपालले विश्वकप २०२२ को प्रारम्भिक प्रतियोगिता र एएफसी एसियन कप चीन २०२३ को क्वालिफायरको पहिलो खेल कुवेतसँग खेल्ने भएको छ। नेपालले उक्त खेल कुवेतमै खेल्ने भएको छ। यसका लागि नेपाल फुटबल एसोसिएसनले कुवेत फुटबल एसोसिएसनलाई आग्रह गरेको थियो।

नेपालले कुवेतसँगै चाइनिज ताइपेइ र जोर्डन फुटबल एसोसिएसनलाई रंगशालाको अभाव भएको कारण देखाउँदै खेल तालिका परिवर्तन गर्न आग्रह गरेको थियो।

ताइनिज ताइपेइ र जोर्डनले स्वीकार गरे पनि कुवेतले दुवै म्याच कुवेतमै खेल्नुपर्ने बताएको थियो। तर, एएफसी र फिफाले खेलको नियमविपरीत हुने भन्दै कुवेतको मागलाई अस्वीकार गरेको हो।

कुवेतले नेपालको प्रस्ताव स्वीकार गरेसँगै नेपाल र कुवेतबीचको पहिलो खेल सेप्टेम्बर ५ मा कुवेतमा हुने छ। त्यस्तै अस्ट्रेलिया विरुद्धको खेल भने निर्धारित तालिकामै हुने छ।

होम म्याचका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद र एफएसीका सदस्य राष्ट्रसँग छलफल गरी नेपालमा वा अन्य देशमा राख्ने विषयमा छलफल गरिरहेको छ।

'हामीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग नेपालले नोभेम्बर १९ मा खेल आयोजनाका विषयमा छलफल गरिरहेका छौं, अहिलेको हाम्रो अवस्था हेर्दा हामीले अर्को कुनै न्युट्रल भेन्यु खोज्नुपर्ने देखिन्छ,' एन्फाका प्रवक्ता किरण राईले भने।

यस्तो छ परिवर्तित खेलतालिका

कुवेत विरुद्ध नेपाल: कुवेतमा सेप्टेम्बर ५

चाइनिज ताइपेइ विरुद्ध नेपाल: ताफपेइ सेप्टेम्बर १०

जोर्डन विरुद्ध नेपाल: जोर्डन अक्टोबर १५

नेपाल विरुद्ध कुवेत: नेपाल नोभेम्बर १९

नेपाल विरुद्ध चाइनिज ताइपेइ: नेपाल मार्च २६, २०२०

नेपाल विरुद्ध जोर्डन: नेपाल ४ जुन, २०२०



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell