PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

स्कुटीको डिकीबाटै दुई लाख रुपैयाँ चोरी गर्ने समातिए



पहिलोपोस्ट

स्कुटीको डिकीबाटै दुई लाख रुपैयाँ चोरी गर्ने समातिए

काठमाडौः उपत्यकाभित्र चोरी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बाँके सितापुर नगरपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई नियन्त्रणमा लिएको हो।

उनले गत साउन २० गते ललितपुर भैंसेपाटी बस्ने शिवराम आले मगरको स्कुटीबाट दुई लाख रुपैयाँ चोरी गरेको प्रहरीले जानकारी दिएको छ। मगरले स्कुटीको डिकीभित्र रहेको रकम चोरी गरेर फरार भएका थिए। प्रहरीले खत्रीलाई उनानब्बे हजार रुपैयाँ र दुई वटा मोबाइल सहित पक्राउ गरेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell