PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

जंगेको हत्या गर्ने मुन्ने पक्राउ



पहिलोपोस्ट

जंगेको हत्या गर्ने मुन्ने पक्राउ

काठमाडौं: एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले उदयपुर कटारी नगरपालिका घर भएका मुन्ने भनिने २४ वर्षीय विनोद खड्कालाई पक्राउ गरेको हो। शुक्रवार काठमाडौँ महानगरपालिका १९ स्थित ईनाटोलमा जंगे भन्ने ३६ वर्षीय युवक मृत अवस्थामा फेला परेका थिए।

प्रहरीको अनुसन्धानमा युवकको हत्या भएको देखिएको थियो। पार्टीमा बस्दै आएका दुईबीच बिहीबार राति सामान्य विवाद हुँदा मुन्नेले जंगेलाई इट्टा तथा ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले दाबी गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell