PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

उषा खड्गी र श्रृंखला खतिवडा एकै मञ्चमा पुरस्कृत  



पहिलोपोस्ट

उषा खड्गी र श्रृंखला खतिवडा एकै मञ्चमा पुरस्कृत  

काठमाडौं: ‘फेसन एन्ड मोडल अवार्ड–२०१९’ सम्पन्न भएको छ। प्याजेन्ट नेपाल इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत गरियो।

कार्यक्रममा मिस नेपाल २००० उषा खड्गीले इभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड पाइन्। त्यस्तै मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड प्रदान गरियो। मिस नेपालको आयोजक संस्था हिटन ट्रिजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले बेस्ट पेजेन्ट अर्गनाइजर घोषित भएको आयोजकले जनाएको छ।

अन्य विधामा रोजिन शाक्यले बेस्ट पिजेन्ट एमसीको अवार्ड जिते। कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारी बेस्ट इभेन्ट म्यानेजर घोषित भए। रमेश श्रेष्ठले बेस्ट सेट डिजाइनरको अवार्ड पाए। समारोहमा साप्ताहिक पत्रिकाका उप–सम्पादक कृष्ण भट्टराईले भने बेस्ट फेसन जर्नालिस्टको अवार्ड जिते।

बेस्ट मिस्टरपेजेन्ट अर्गनाइजरको अवार्ड मिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतले जितिन् ।बेस्ट कम्युनिटी बेस्ड पेजेन्ट अर्गनाइजरको अवार्ड पेज थ्रि हउटे कउटरले जित्यो । बेस्ट किड्स पेजेन्ट अर्गनाइजरकोअवार्ड इनोभेसन इभेन्ट्स म्यानेज्मेन्टका महेश केसीले जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell