PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नेपाली सेनाका मेजर सिंह डेढ ग्राम ब्राउन सुगरसहित पक्राउ



सविन ढकाल

नेपाली सेनाका मेजर सिंह डेढ ग्राम ब्राउन सुगरसहित पक्राउ

काठमाडौंः लागुऔषध सहित प्रहरीले नेपाली सेनाका मेजरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय इटहरीले ३८ वर्षीय अजित प्रताव सिंहलाई नियन्त्रणमा लिएको हो। मोरङको हलगाडा वडा नम्वर २ स्थित आर्मी क्याम्प नजिकै रहेको खाजा घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए। 'विषेश सुचनाको आधारमा लागुऔषध सहित नियन्त्रणमा लिएका हौं।' डिएसपी खरेलले भने।

लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे पनि नियन्त्रणमा लिएको जानकारी आएपनि पुष्टी नभएको बताए। नेपाली सेनाको उच्च स्रोतका अनुसार सिंह पक्राउअघि पृतनाबाट बाहिर निस्किएको देखिएको छ।

सिंहको साथबाट प्रहरीले डेढ ग्राम ब्राउन सुगर बरामत गरेको छ। कैलाली घर भएका सिंह पूर्वी पृतना इटहरीमा कार्यरत थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell